दैलेख/ अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला फेला परेकी छिन् ।
उनी जंगलमा फेला परेकी हुन् । तर सँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले अपहरण गरेर लैजाने समूहले शाहीलाई जंगलमा छोडेर गएको जानकारी दिए ।
गाउँपालिका अध्यक्ष शाही नेकपा जिल्ला कमिटी सदस्यसमेत हुन् भने उनकी श्रीमती इला नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुन् ।
उनीहरुलाई शनिवार राति अज्ञात समूहले अपहरण गरेको हो । शनिबार राति साढे १२ बजेतिर शाही र उनकी श्रीमती अपहरणमा परेका थिए । घरमै सुतिरहेका उनीहरुलाई अज्ञात समूहले अपहरण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।खबरहब










