एजेन्सी/ बलिउड अभिनेत्री रानी मुखर्जीले आफ्नो फिल्म मर्दानी २ सफल भएपछि निकै धेरै पोजिटिभ रेस्पोन्स पाएकोमा खुसी व्यक्त गरेकी छिन् । महिलामाथि बढिरहेका हिंसालाई बुझाउन आफूले फिल्ममा काम गरेको उनले बताएकी छिन् ।
उनले मर्दानी २ अहिलेको समाजको ऐना भएको बताएकी छिन् । ‘फिल्मले राम्रो रेस्पोन्स पायो,’ उनले भनेकी छिन्, ‘यसले हाम्रो फिल्म बनाउने उद्देश्यलाई पनि सफल बनाएको छ ।’
उनले यो फिल्मबाट डेब्यु गरेका निर्देशक गोपी पुथ्रनलाई पनि राम्रो प्रतिक्रिया आएकोमा खुसी व्यक्त गरेकी छिन् । यो फिल्मले अहिलेसम्म २९ करोड भारतीय रुपैयाँ कमाइसकेको छ ।



