केबि महरा/ काठमाडौ

पुर्व अर्थमन्त्री एवम नेपाली काङ्ग्रेसका नेता डा.रामशरण महतले हाल बिबादित रहेको अमेरिकी लगानी प्रस्ताव 'एमसिसी ' नेपालको बिकाशका सन्दर्भमा उचित रहेको बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रिपोर्टर्स क्लबमा आईतबार आयोजित पत्रकार भेटघाट तथा छलफलमा सहभागी हुँदै पुर्व अर्थमन्त्री महतले नेपाल जस्तो कम बिकशित मुलुकका लागि उक्त परियोजनाको आवस्यकता औँल्याउदै उक्त प्रस्तावलाई थप बिबादित बनाउन नहुने र देस बिकाशका लागि यस्ताखाले लगानिले थप टेवा पुर्याउने भन्दै उक्त बिषयमा अनावश्यक तर्क समेत नगर्न आग्रह गरे !

लामो समयको अध्ययन र छलफल पश्चात् उक्त आयोजनाका बारेमा आफ्नो(नेपाली कांग्रेस को) सरकार हुँदा यस् अगाबै सहमती सहितको आफ्नो धारणा स्पष्ट पारिसकेको स्मरण गराउँदै देश बिकाश र समृद्धिका लागि उक्त लगानिले थप मजबुद र आत्मनिर्भर बनाउन सहयोग गर्ने समेत दावी गर्नुभयो ।