काठमाडौं / काठमाडौंको सुकेधारामा सोमबार बिहान एउटा गाडीले पशुपति क्याम्पस चावहिलमा बीबीएस चौथो वर्षमा अध्ययनरत सृष्टि पन्तलाई ठक्कर दियो ।
विद्यार्थीका अनुसार ठक्कर दिएपछि गाडी रोकिएन, अघि बढ्यो । पन्त अध्ययनरत पशुपति क्याम्पसमा विद्यार्थी आक्रोशित भए ।क्याम्पस अगाडि सडकमा गुड्दै गरेका अन्य गाडीमा तोडफोड र आगजनी गरे ।
प्रहरीका अनुसार विद्यार्थीले गुड्दै गरेको एक बसमा आगजनी गरेका छन् । जुन बस कामै नलाग्ने अवस्थामा पुगेको छ । अर्को एउटा बसमा पनि तोडफोड गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएकी पन्तको उपचारका क्रममा मृत्यु भएको छ ।बाह्रखरी अनलाइनबाट साभार
तस्वीर सौजन्य : बाह्रखरी अनलाइन









