काठमाडाैं/ रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको सीप परीक्षामा भाषा परीक्षामा उत्तीर्ण गरेर सहभागी भएकामध्ये ५९ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

ईपीएस कोरिया शाखाका अनुसार पहिलोपटक लिइएको सीप परीक्षामा छ हजार ७७३ जना नेपाली परीक्षार्थी मात्रै उत्तीर्ण भएका हुन् ।

सन् २०२० मा दक्षिण कोरिया जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेका मध्येबाट ११ हजार ४६३ जना सहभागी भएकामा छ हजार ७७३ जना सीप परीक्षामा उत्तीर्ण भएका छन् । जसमा पुरुष पाँच हजार ७३९ जना र एक हजार ३४ जना महिला छन् ।

सन् २०२० मा ईपीएसमार्फत कोरिया जानका लागि भाषा परीक्षा दिएका ९२ हजार परीक्षार्थीमध्ये १२ हजार १० जना उत्तीर्ण भएका थिए भने सीप परीक्षामा ४३७ जना अनुपस्थित भएका थिए ।

ईपीएस शाखाका अधिकृत बाबुराम घिमिरेले सीप परीक्षा उत्तीर्ण‍ हुनेमा उत्पादनतर्फका चार हजार ७६४ जना र कृषितर्फका २००९ जना रहेको जानकारी दिए।

सीप परीक्षाको नतिजापछि कोरियाले ईपीएसमार्फत नेपाललाई तोकेको कोटामा तीन हजार २७७ कम हुन आउँछ । तोकिएको कोटामा कृषितर्फ तीन हजार माग गरेकामा २००९ उत्तीर्ण भएपछि ९९१ जना कम हुन्छ भने उत्पादनतर्फ सात हजार ५० जना कोटा निर्धारण गरिएकामा दुई हजार २८६ जना कम हुन्छ ।

सन् २०२० मा कोरियाको कृषि र उत्पादन क्षेत्रमा काम गर्न त्यहाँको मानव संसाधन विभाग (एचआरडी)ले १० हजार ५० जनाको कोटा निर्धारण गरेको छ । यस वर्ष कृषिमा तीन हजार र उत्पादनमूलक क्षेत्रमा सात हजार ५० जना गरी १० हजार ५० जना माग गरिएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले ईपीएसमार्फत दक्षिण कोरिया रोजगारीमा जानेका लागि पहिलोपटक सीप परीक्षा अनिवार्य गरिएकाले नतिजा कमजोर देखिएको बताए ।

उनका अनुसार सन् २०१९ सम्म कोरिया जाने भाषा परीक्षा उत्तीर्ण भएका सबैले रोजगार आवेदन भर्न पाउँथे तर यो वर्षदेखि कोरियाको एचआरडीले सीप परीक्षणलाई अनिवार्य गरेको हो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय