काठमाडौं/ हाल तराईका भु-भागहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ जसका कारण बिहानको समयमा राम्रो सँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आई चिसो नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कस्तो हुन्छ आगामी तीन दिनको मौसम ?

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष ७ गते (सोमवार)

दिउँसो : देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भू-भागमा मौसम समान्यतया सफा रहनेछ।

राति: देशभर आंशिक बदलिको अवस्था रहने छ ।

पौष ८ गते (मंगलवार)

दिउँसो : देशभर आंशिक बदलिको अवस्था रहने छ ।

राति : देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक बदलि र बाँकी भू-भागमा सामान्यतया सफा रहने छ

पौष ९ गते (बुधवार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक बदलि र बाँकी भू-भागमा सामान्यतया सफा रहने छ

राति : देशभर आंशिक बदलिको अवस्था रहनेछ ।