नेपाली कांग्रेसबाट स्थानीय तह निर्वाचनमा निर्वाचित भोजपुरको हतुवागढी गाउँपालिका–६ हुम्सुका वडा सदस्य बालकुमार राई बलात्कार आरोपमा पक्राउ परेका छन् ।
स्थानीय युवतीलाई जबर्जस्तीकरणी गरेको अभियोगमा वडा सदस्य ३८ वर्षीय राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ ।
गत मंसिर १५ गते पीडितले घटना भएको भनी दिएको उजुरीका आधारमा बालकुमारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए । लोकान्तर बाट साभार










