झापा । झापाको बाह्रदशी गाउँपालिका १ की चाँदनी राई भर्खर १४ वर्षकी पुगिन । स्कुले जीवनमा व्यस्त हुनुपर्ने उनी पुस ९ मा विवाहको प्रथम वर्ष मनाउने तयारीमा छिन् ।

१३ वर्षकै उमेरमा उनले विवाह गरेकी थिइन ।बाह्रदशी ३ की सन्जली हेमरम २२ वर्षमा टेकिन । कानुनअनुसार विवाहका लागि योग्य भएकी छन् । तर, उनलाई यतिबेला विवाह गर्नेबारेहोइन, श्रीमान्सँगको सम्बन्ध कसरी टिकाइराख्ने भन्ने चिन्ता छ । उनले ७ वर्षअघि १५ वर्षमैविवाह गरेकी थिइन् । अहिले उनको ६ वर्षको छोरा छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सन्जलीको नागरिकता छैन । छोराको जन्मदर्ता भएको छैन । उमेर नपुगी विवाह गरेकाले माइतीले सन्जलीलाई नागरिकता बनाइदिन पाएनन् । अहिले श्रीमानले उनको नागरिकता र छोराको जन्मदर्ता बनाउन बेवास्ता गरिरहेका छन् ।यही विषयमा झगडा भइरहँदा सन्जलीले दुई वर्षदेखि घरेलु हिंसा सहँदै आएकी छन् । हिंसा सहन नसकेर वडा १ भागुडुब्बामा रहेको माइती घर गएकी सन्जलीको साताअघि झन्डै घर बिग्रियो । तर, स्थानीय जनप्रतिनिधिले वडाको मेलमिलाप समितिमार्फत छलफल डाकेर तत्काल विवाद मिलाइदिएको छ ।

जिल्लाको दक्षिणी सीमावर्ती बाह्रदशी गाउँपालिकामा बालविवाह अझै कायम छ । ०७५।७६ मा गरिएको एक सर्वेक्षणअनुसार गाउँपालिकामा ३०.८९ प्रतिशत किशोरीको १८ वर्षभन्दा कम उमेरमै विवाह हुने गरेको पाइएको छ । किशोरको हकमा भने ५.८९ प्रतिशतले मात्र १८ वर्षभन्दा कम उमेरमा विवाह गर्ने गरेको सर्वेक्षणले देखाएको छ । गाउँपालिकाको कुल विवाहितमध्ये १९.१८ प्रतिशतले उमेर नपुगी विवाह गरेको तथ्यांक छ । गाउँपालिकाको वडा ३ मा सबैभन्दा धेरै बालविवाह हुने गरेको पाइएको छ । सर्वेक्षणका क्रममा उक्त वडामा ३७.५७ प्रतिशत किशोरीले १८ वर्षभन्दा कम उमेरमै विवाह गर्नेगरेको पाइएको हो ।

वडा १ मा २५.६४, २ वडामा २७.९९, ४ वडामा २४.१७, ५ वडामा ३१.७६, ६ वडामा ३५.८४ र ७ नम्बर वडामा २७.१६ प्रतिशत बालिकाले कम उमेरमै विवाह गरेको तथ्यांकमा उल्लेख छ । बालकको हकमा भने वडा नं. १ मा ५.०६, २ मा ४.७७, ३ मा ६.८३, ४ मा ४.८३, ५ मा ६.३४, ६ मा ७.०४ र ७ नम्बर वडामा ५.११ प्रतिशतले १८ वर्षभन्दा कम उमेरमा विवाह गरेको पाइएको छ ।आदिवासी समुदायको बाक्लो बसोबास रहेकाले बालविवाह न्यूनीकरण गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । ‘आदिवासी समुदाय अझै पनिपरम्परागत सोचविचारबाट माथि उठ्न सकेको छैन’ उनले भने, ‘भरसक ‘रजश्वला’ हुनुअघिनै छोरीको विवाह गरिदिन पाए हुन्थ्यो भन्ने सोच आदिवासी समुदायमा पाइन्छ ।’

गाउँपालिकामा राजवंशी, मुस्लिम र सन्थालको बाक्लो बसोबास छ । ‘राजवंशी समुदायमा बालविवाह कम हुँदै गएको छ । मुस्लिम र सन्थालमा सानै उमेरमा छोरीको विवाह गरिदिने परम्परा हटाउन सकिएको छैन,’ वडाध्यक्ष शम्भुसिंह राजवंशीले भने । अभिभावकलाई सम्झाए पनि रोक्न नसकेको सन्थाल जातिका वडा सदस्य सोकोत मुर्मुको गुनासो छ । ‘समस्या मेरै गाउँमा छ ।

छिमेकी, इष्टमित्रलाई सम्झाउँदा पनि मान्नुहुन्न के गर्नु रु’ उनले भने । सानै उमेरमा विवाह गरेर छिट्टै सम्बन्धविच्छेद गर्ने घटना सन्थाल समुदायमा बढ्दै गएको मुर्मुले बताए । बालविवाह रोक्न स्थानीय सरकारले गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनको सुझाव छ । कान्तिपुर दैनिकबाट