झापामा ठूलो परिमाणमा सुन र चाँदी पक्राउ परेपछि यसको बिरोधमा ब्यवसायिहरु उत्रेकाछन् । प्रहरीले झापाको भद्रपुर एयरपोर्टबाट एकसाता अघि अबैघ रुपमा भित्र्याइएको भन्दै १ सय केजि चाँदी र दूइदिनपछि झापाको शिवसतासी नगरपालिकादेखि १ केजि सुन सहित यसमा संलग्नहरुलाइ पक्राउ गरेको थियो ।
सुनचाँदी व्यवसायी संघ झापाले तीन बुँदे माग सहित मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीलाई तत्काल पक्राउ परेका ब्याक्ति र पक्राउ परेको ठूलो परिमाणको सुन र चाँदी फिर्ताका लागि माग गरेकाछन् । आफूहरुको माग पुरा नभए आन्दोलन गर्ने चेतावनी समेत ब्यवसायिहरुले दिएकाछन् । मंगलवार सुनचाँदी ब्यवसायिहरुले झापाका सबै सुन पसलहरु बन्द गरेर बिरोध समेत जनाएकाछन् ।
आइतवार शिवसतासी नगरपालिकामा प्रहरीले बिर्तामोडस्थित पूर्णिमा ज्वेलर्सका सञ्चालक बैजनाथ साह, व्यवसायी कृष्ण सराफ र सवारी चालक अरुण क्षेत्रीलाई पक्राउ गरेको थियो । प्रहरीले तत्कालै उनिहरुलाइ थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग इटहरीको जिम्मा लगाइएको प्रहरी श्रोतले बताएको छ । आवश्यक कागजात र प्रमाण नपुगेको पाइएकाले थप अनुसन्धानका लागि आफूहरुले राजश्व अनुसन्धान बिभागमा पक्राउ परेको सुन पठाइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी प्रमुख कुन्दन देबले बताउनु भयो ।
कानुनी प्रक्रिया प्ररा गरेर सुन ल्याउदा पनि प्रहरीले पक्रेको भन्दै सुन व्यवसायी आक्रेसित संगै आन्दोलित भएका छन् । मंगलबार पूर्वका सबै सुन पसल घटनाको विरोधमा बन्द भएका छन् । संघका अध्यक्ष रुपदल ९राजु०विश्वकर्मा र महासचिव उदय शाक्यद्धारा हस्ताक्षरित ज्ञापन झापाका सुन चाँदी व्यवसायी तथा व्यवसायीका नेताहरुको उपस्थितिमा प्रजिअ खत्रीलाई हस्तान्तरण गरिएको थियो ।
आन्दोलन्तरत ब्यवसायिहरुका अनुसार बैशाख १४ गते काठमाडौंबाट कार्गो भई बुद्ध एयरमा सबै प्रक्रियामा सुरक्षा जाँच पूरा गरी आएको १ केजि चाँदी भद्रपुर विमानस्थलमा लिन जाँदा व्यवसायीहरु मनोज गोयल र पुण्यप्रसाद अधिकारीलाई चाँदीसहित नियन्त्रण लिई एक दिन हिरासतमा राखेर ६८ लाख ९ हजार ४ सय रुपैयाँ धरौटीमा रिहा गरेको भन्दै यसमा पनि आपत्ती जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले ब्यवसायिहरुलाइ स्वतन्त्र पूर्वक ब्यवसाय गर्न पाउनु पर्ने माग गर्नु भयो । उहाँले प्रहरीले बैध रुपमा ल्याएको सुन पक्राउ गरेको भन्दै यस्तो घटना नदोर्याउन उहाँको आग्रह रहेको थियो ।
झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र घिमिरे, वर्तमान उपाध्यक्ष वुद्धि घिमिरे, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष बलराम कार्की, पूर्व अध्यक्ष बेदप्रकाश अग्रवाल, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, डिलर एसोसिएसनका अध्यक्ष डम्वर थापा लगायतले व्यवसायी अन्यायमा परेको बताउदै न्याय दिलाउन आफूहरु प्रशासनसम्म आएको जानकारी दिनु भयो ।



