काठमाडौं /उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले केपी ओली नेतृत्वको सरकार छाड्ने निर्णय गरेको छ। मंगलबार बिहान समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो।

पार्टीको पदाधिकारी बैठकले सरकारमा बस्नुको औचित्य समाप्त भएको निष्कर्ष निकालेको बैठकमा सहभागीले जनाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समाजवादीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा बुझाउने बताइएको छ। समाजवादीबाट यादव उपप्रधानमन्त्री तथा कानुनमन्त्री छन् । यस्तै मोहम्मद इम्तियाक राई सहरी विकास मन्त्री रहेका छन् ।