दमक/ झापाको दमक ५ मा महिलाहरुका लागि उद्घोषण, माइन्युट तथा प्रतिवेदन लेखन सम्बन्धि पाँच दिने तालिम प्रदान गरिएको छ । दमक ५ को वडा कार्यालयले आयोजना गरेको सो तालिममा वडाका ५० भन्दा बढी महिलाहरुको सहभागिता थियो ।
तालिममा पत्रकारहरु गोपाल झापाली, विष्णु पौडेल, गिरिराज भटटराई, गोविन्द कटटेल र अधिवक्ता लक्ष्मी निरौलाले सहजीकरण गर्नु भएको थियो । तालिमको आज आयोजित समापन कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्य रहेको थियो ।
दमक ५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुका तर्फबाट चन्द्रा काफ्लेले सो तालिम आफुहरुका लागि उपब्धिमुलक भएको बताउनु भयो । कार्यक्रममा नगर प्रमुख ओलीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गर्नु भयो । समापन कार्यक्रमको सञ्चालन वडा सदस्य कृतिका भटटराईले गर्नुभएको थियो । सो अवसरमा वडा सदस्यहरु दुर्गा पौडेल, ख्याकुमारी परियार, वडा सचिव भोसकुमार थुलुङ, दीपिनी आधारभुत विद्यालयका प्रधानाध्यापक शेषकुमार निरौला लगायतको आतिथ्य रहेको थियो ।निस्कर्ष न्यूज










