भगीरथ भण्डारी इलाम । पछिल्लो समय अपराधका क्रियाकलाप बढिरहेकाे तथ्याङ्क सार्वजनिक भएको छ । इलामा छ वर्षको समयमा ७ सय ३९ अपराधिक क्रियाकलाप भएको तथ्याङ्क सार्वजनिक भएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्याङ्कअनुसार ७ सय ३९ घटनामध्ये बालिका बलात्कारका घटना मात्रै ९७ वटा रहेका छन् । छ वर्षमा आत्महत्याका ३ सय १८, घरेलु हिंसाका २ सय १६, बलात्कारका १ सय ३५, बहुविवाहका ३८, बालक कुटपिटका १०, हत्या र मानव ओसारपसार तथा बेचविखनका १६ वटा घटना भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छ वर्षको अवधिमा सन् २०१७ मा मानव अधिकार उल्लङ्घनका घटना सबैभन्दा बढी भएको प्रतिवेदनमा उल्लेख छ । मानव अधिकार उल्लङ्घनका सन् २०१७ मा १ सय ७८, सन् २०१५ मा १ सय ५८, सन् २०१६ मा १ सय ४९, सन् २०१८ मा १ सय २०, सन् २०१४ मा ७९ र सन् २०१९ मा ३३ वटा घटना भएको बताइएको छ ।

प्रतिवेदनको तथ्याङ्कअनुसार सन् २०१९ मा ३३ वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् जसमा सबै भन्दाबढी बलात्कारका घटना रहेका छन् । यस वर्ष बालिका १३ र महिला आठ गरी बलात्कारका २१ वटा घटना भएका छन् । बहुविवाहका आठ, हत्याका तीन र बालविवाहको एउटा घटना यस वर्ष भएको पाइएको छ ।