महेन्द्रनगरदेखि बझाङतफै जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु छ । मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

मंगलबार महाकाली यातायात प्रा लिको ना ७ क ६५२२ नम्बरको बसले डडेल्धुरामा विपरीत दिसाबाट आइरहेको से ४ प ५८८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा अमरगढी नगरपालिका ११ का २० वर्षीय भरत बोहोराको मृत्यु भएको हो । मोटरसाइकल चालक गन्यापधुरा गाउँपालिका ३ का १९ वर्षका महेश ठगुन्ना गम्भीर घाइते भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बस र मोटरसाइकल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ । बस चालक भने फरार भएका छन् । बसको ठक्करबाट घाइते भएका चालक ठगुन्नालाई उपचारका लागि धनगढी अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।