मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा आगोको मुस्लो देखिएको छ । मकवानपुरगढी गाउँपालिका –७ सुखौरा र बकैयाँ गाउँपालिका–१२ बीचमा पर्ने जंगलमा धुँवाको मुस्लो देखिएको हाे ।
मकवानपुरको चौघडा चौकीबाट प्रहरी टोली त्यसतर्फ लागेको मकवानपुरका एसपी मुकेशसिंहले जानकारी दिनुभयो ।
मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाइँका अनुसार जंगलमा धुँवाको मुस्लो देखिपछि केही दुर्घटना भएको आशंका गरिएको छ ।










