पुस ०९, काठमाडौं । हाल देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली, पश्चिमी तथा मध्य तराईका भू-भागहरुमा हुसु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छः
पौष ९ गते (बुधवार)
दिउँसो; देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ।
राती: देशभर सामान्यतया मौसम सफा रहनेछ।
पौष १० गते (बिहिबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको अवस्था रहने छ र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।
राती: देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ।
पौष ११ गते (शुक्रबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।
राती: देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ।










