दमक,१० पुस । झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित गुहेश्वरी टोलमा गएराती आएको एक जोडी जंगली हात्तीको आक्रमणबाट तीन वटा घरमा क्षति पुरयाँएको छ । वडाध्यक्ष डम्बर वहादुर निरौलाका अनुसार राती २ वजेतिर आएको हात्तीको माउसहित छावा हात्तीले उपद्रो मच्चाउदाँ त्यहाँका विष्णु प्रसाद खनाल ,लक्ष्मी खनाल र मोहमद मुसीलको घरमा क्षति पुरयाँएको छ ।
हात्तीले उपद्रोबाट खनालद्धयको घरमा सामान्य क्षति पुरयाँएको थियो भने मोहमदको भने घरको बेरा भत्काउनुका साथै धान समेत खाएर क्षति पुरयाँएको उनले वताए । हात्ती नजिकैको रतुवा माई वृक्षरोपण आयोजना क्षेत्रको जंगलबाट आएको र रातभरि टोलबासी आतंकित हुनुपरेको वडाध्यक्ष निरौलाले वताए । हात्तीलाई रातीनै प्रहरीसहित स्थानीयहरुको सहयोगबाट जंगलतर्फ धपाइएको थियो ।









