भद्रपुर । छुरा प्रहार गरी झापामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको छ । झापाको शिवसताक्षी नगरपालिका ६ बस्ने अन्दाजी ३२ वर्षीय शङ्कर र्मुर्मुले आफ्नै श्रीमती २८ बर्षीया तारामई हेमरमको हत्या गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार शिवसताक्षी ६ बस्ने टिकाराम सिटौलाको धान काँटामा काम गर्ने र्मुर्मुले घरायसी वादविवाद पश्चात् श्रीमतीलाई बिहीबार साँझ ७ बजे छुरा प्रहार गरेका थिए । श्रीमानको छुरा प्रहारबाट गम्भीर घाइते भएका श्रीमतीलाई तत्काल उपचारका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । यता इलाका प्रहरी कार्यालय झिलझिले र शिवगञ्जबाट खटिएका प्रहरी टोलीले श्रीमान् र्मुर्मुलाई पक्राउ गरेको छ ।










