दमक/ दमकस्थित लाइफलाइन अस्पताल तथा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले बिभिन्न साताब्यापी खेलकुदका कार्यक्रम समापन सहित नयाँ आउने विद्यार्थीलाइ स्वागत तथा पुरानालाइ विदाइ कार्यक्रम गरेको छ ।

दमक नगरपालिकाका शिक्षा शाखाका प्रमुख एवं उपसचिब दिनेश न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिभिन्न सास्कृतीक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । सोहि अवसरमा बिभिन्न खेल कार्यक्रममा बिजयीहरुलाइ प्रमाणपत्र सहित पुरुस्कार वितरण गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो अवसरमा अस्पतालका सञ्चालकहरुले अस्पताल र स्वास्थ्य बिज्ञान प्रतिष्ठानको स्तरउन्नती गर्दै पुर्वमा गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएका थिए । अस्पतालका सञ्चालक अध्यक्ष डा. तीलकचन्द्र शाह, डा.मुक्तिनाथ भट्टराइ, डा. सुर्यनारायण शाह, बालचन्द्र स्ुब्बा, भीम पौड्याल लगायतको उपस्थिति रहेको थियो । यस किसिमको कार्यक्रम बर्षेनी हुँदै आएको अस्पतालका सिम्रिक गिरीले बताए ।