वि.सं. २०७६ पुस १२, शनिबार, इ.स. २०१९ डिसेम्बर २८, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० पोहेलाथ्व, पौष शुक्लपक्ष, द्वितीया, १०:५१ उप्रान्त तृतीया, नक्षत्र– उत्तराषाढा, १९:०० बजेउप्रान्त श्रवण, योग– व्याघात, २१:१६ बजेउप्रान्त हर्षण, करण– कौलव, १०:५१ बजेदेखि तैतिल, २३:१५ बजेउप्रान्त गर, आनन्दादिमा राक्षस योग, चन्द्रराशि– मकर,सूर्योदय– ६:५५ बजे, सूर्यास्त– १७:१५ बजे र दिनमान २५ घडी १ पला, त्रिपुष्कर योग १०:५१ बजेसम्म, सर्वार्थसिद्धि योग १९:०० बजेदेखि।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार–व्यवसायमा फाइदा हुनेछ,पढाइलेखाइमा प्रगति होला,गुरुजनको साथ मिल्नेछ,प्रतिस्पर्धीहरू पराजित होलान्,आर्थिक पक्ष पनि सबल बन्नेछ,काममा उत्साह थपिनेछ, चुनौतीहरू सजिलै पार लाग्नेछन्,रमाइलो यात्राको योग छ, आजको शुभ अंक ९ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सुरुको समय अलि कमजोर देखिन्छ,काममा बाधा र खर्चको मात्रा बढ्ने समय छ,स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ,सोमबारदेखि आफन्तजन भेटिएलान्,शरीरमा आरोग्य एवं स्फूर्ति बढ्नेछ,आजको शुभ अंक ७ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बोलीकै भरमा काम सम्पादन गर्ने समय छ,आतिथ्यपूर्ण सम्मान र सहयोगीहरूबाट साथ पाइनेछ,कर्मयोगमा अभिवृद्धि हुनेछ,पराक्रम बढेर जाला,प्रेम र मित्रताको गाँठो कसिने बेला छ,आम्दानी बढ्नेछ,आजको शुभ अंक ५ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ,प्रतिस्पर्धीहरूले हार खालान्,बुधबारदेखि भने अरूको भर पर्दा धोकामा परिने, हानि हुने र विश्वास गुम्ने सम्भावना छ, सचेत रहनुहोला,आजको शुभ अंक १ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गरेका काम सहजै सम्पादन हुनेछन्,प्रशस्तै आम्दानी हात पर्नेछ,व्यावसायिक कामबाट राम्रो लाभ होला,श्रमको उचित मूल्यांकन हुनेछ,सोमबार र मंगलबार भने आकस्मिक खर्च बढ्नेछ,छरछिमेकमा असमझदारी पनि बढ्न सक्छ,आजको शुभ अंक ३ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सुरुमा केही समस्या आउलान्,चोटपटक लाग्ने वा अस्वस्थताको योग छ,कामको बोझ पनि थपिनेछ, अरूका जिम्मेवारीसमेत वहन गर्नुपर्ने देखिन्छ,योजनाअनुसार समयमा काम सम्पादन गर्न नसकिएला,आजको शुभ अंक ६ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,प्रतिनिधिमूलक यात्रा सम्भावना छ,पुराना साथीभाइसँग भेटघाट गर्ने मौका छ,साताको अन्त्यतिर अलि खर्च बढ्ला,तत्काललाई केही नोक्सानी देखिए पनि दीर्घकालीन काममा लगानी गर्ने समय छ ,आजको शुभ अंक ८ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका कामहरू सजिलै बन्नेछन्,मान–सम्मान बढ्नेछ, प्रशंसा पाइएला,रमाइलो भ्रमण सम्भावना छ,नयाँ काम गर्ने मौका छ,आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला,अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,आजको शुभ अंक १० रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ, तपाईंको प्रतिभाको धेरैले कदर गर्नेछन्,शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ,शत्रुबाधा समाप्त होला, प्रशस्त धन लाभ हुनेछ, अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ,आजको शुभ अंक ९ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भइएला,व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला, आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ,अपराह्नदेखि भने झमेला, विवाद र चोटपटकको योग छ,आजको शुभ अंक ११ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
समय अलि प्रतिकूल रहला,चोटपटक लाग्ने, अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउलान्,अपराह्नदेखि समय अनुकूल रहनेछ,धर्मकर्म, समाजसेवा, परोपकार जस्ता प्रतिष्ठा बढ्ने काम सम्पादन हुनेछन्,आजको शुभ अंक ४ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सोचेजस्तै सफलता मिल्नेछ,सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ,निर्णय गलत ठाउँमा पर्नाले फाइदा अरूलाई हुनेछ,तापनि निराश नहुनुहोस्,पढाइलेखाइमा राम्रै उन्नति हुनेछ,आजको शुभ अंक ६ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah