अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय ऊर्लाबारीमा कार्यरत प्रहरी हवल्दारलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।

प्रहरी हल्दार राजु श्रेष्ठलाई सेवाग्राहीबाट ८ हजार रुपियाँ घुस लिएको आरोपमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसधान आयोगले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठ फर्निचरको कारोबारमा सहजीकरण गर्ने नाममा श्रेष्ठले सेवाग्राहीसँग घुस लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले निकालेको विज्ञप्तिमा भनिएको छ।

दमक नगरपालिका वडा नं ४ ताराबारीस्थित काठमिलमा सेवाग्राहीसँग लिँदालिँदै श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो। आयोगको इटहरीस्थित कार्यालयमा राखेर श्रेष्ठलाई थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ।