नवगठित राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्तावलाई अन्यौलमा पार्नको लागि वर्तमान सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधिशमाथि नियतवस रुपमा महाअभियोग प्रस्ताव दर्ता गराएको आरोप लगाएका छन् । कर्णले भने,‘सरकारले बैशाख १७ गते भित्रै संशोधन प्रस्ताव पारित गर्छु भनेको थियो, तर त्यही दिन राप्रपाका सांसदहरुको उपस्थिति नै भएन, र विद्येयक अघि बढ्न सकेन, यो सरकारको नियतमा नै खोट छ, त्यसपछि प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव आयो, गृहमन्त्रीले राजीनामा दिए, यो सबै राजनीतिक भुँइचालो आउनुको कारण भनेको नै संशोधन प्रस्ताव पारित गराउन नचाहनु हो, ओझेलमा पार्नु हो ।’

कर्णले कार्कीविरुद्ध ल्याईएको महाअभियोग प्रस्तावबारे टिप्पणी गर्दै भने,‘महाअभियोग प्रस्ताव ल्याएर व्यवस्थापिका संसदले न्यायपालिकामथि ठाडो आक्रमण गरेको छ, यो भनेको लोकतन्त्रमाथिको प्रहार हो ।’ उनले राज्यका तीन वटै निकाय व्यवस्थापिका, कार्यपालिका र न्यायालयवीच शक्ति पृथकीकरण र सन्तुलनको तालमेल नमिले देशलाई ठूलो आघात पुग्नेतर्फ सचेत गराए ।

कर्णले संशोधन प्रस्ताव पारित नहुने, स्थानीय तहको संख्या बृद्धि नभए र मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई अझैपनि थुनामा राख्ने हो भने आफूहरु चुनावमा भाग नलिने चेतावनी दिए । उनले वर्तमान सरकारलाई आफूहरुको कुनै समर्थन नरहेको समेत स्पष्ट पारे । कर्णले थपे,‘हामीले गुपचुप रुपमा समर्थन फिर्ता लिएको होइन, बाजागाजा बजाएर नै समर्थन फिर्ता लिएका छौं, अहिलेपनि समर्थन दिएका छैनौं, बिना कारण दिँदापनि दिँदैनौं ।’

यद्धपी उनले कार्कीविरुद्ध लगाईएको महाअभियोग प्रस्तावलाई प्रक्रियामा जान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah