खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै काँग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री बन्ने स्पष्ट पारेका छन् । उनले भने,‘पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै जेठको पहिलो हप्ताभित्रै हाम्रो पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ, अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समर्थनमा देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ।’

मन्त्री खड्काले सरकारले संसदमा दर्ता गराएको परिमार्जनसहितको संशोधन प्रस्तावलाई पारित गराएरै छाड्ने उद्धघोष गरे । उनले भने,‘मधेशको मुद्दा सम्बोधन गरेर नै जानुपर्छ, संशोधन प्रस्ताव पारित हुन्छ, सरकारको पूर्ण प्रयत्न नै यसमा छ ।’
खड्काले स्थानीय तहको निर्वाचन २० वर्षपछि हुन गैरहेकोले सरकारले स्वच्छ र निर्भिक वातावरणमा चुनाव गराउने बताउँदै भने,‘यो सरकार निर्वाचन गराउन सक्षम छ, शंका गर्नुहुँदैन्, निर्वाचनमा भाग लिनको लागि म सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई आग्रह गर्दछु ।’

उनले स्थानीय तहको निर्वाचनमा ठूला महानगरपालिकामा एमाले र राप्रपाले तालमेल गरेको विषयमा टिप्पणी गर्दै भने,‘उहाँहरुले तालमेल त गर्नुभयो, तर खोई त महिला उम्मेदवार ?’ उनले एमाले–राप्रपा तालमेललाई सत्तामा पुग्नको लागि संख्या बढाउने खेलको संज्ञा दिए ।

उनले राप्रपा वर्तमान सरकारबाट बाहिरिनुको प्रमुख कारण नै राप्रपाभित्रको समस्या भएको जिकिर गरे । मन्त्री खड्काले भने,‘तपाईहरुलाई थाहा नै छ, राप्रपाका सांसदहरु हराएका खबरहरु बाहिर आएका थिए, राप्रपा फुटाउन पूर्वराजा नै सक्रिय भएको कुरा पनि हामीले गाँइगुँइ सुन्यौं, त्यसैले आन्तरिक कुरा जे जे भएपनि राप्रपाले पनि चुनावमा भाग लिन्छ ।’ राप्रपाले छोड्दैमा सरकारमा भुईँचालो भयो भन्ने कुरामा कुनै सत्यता नभएको समेत स्पष्ट पारे ।

उनले मुलुकको परिवर्तन र अग्रगामी विकासमा काँग्रेस, माओवादी केन्द्र र मधेशवादी दलहरुको ठूलो योगदान रहेकोले आगामी दिनमा पनि तालमेल गरेर नै अघि बढ्नुपर्नेमा जोड दिए ।

मन्त्री खड्काले एमाले सचिव योगेश भट्टराईले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले ६० प्रतिशतभन्दा बढि जित हाँसिल गर्ने भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै भने,‘६० प्रतिशत नै एमालेले जितेपछि, अरु के त ?, अरु कुरा हामीलाई थाहा छैन, तर यो निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्छ ।’

उनले आफ्नो पार्टीले विगतदेखि अहिलेसम्मको दिनमा आइपुग्दा धेरै आक्रमणहरु सहेको उल्लेख गर्दै भने,‘काँग्रेसले धेरै आक्रमण सहेको छ, कहिले राणाहरुको आक्रमण सह्यो, कहिले राजाहरुको आक्रमण, त्यसैले काँग्रेस शक्ति पृथकीकरणको सिद्धान्तमा अडिग छ, अहिले विभिन्न खोल ओढेर यो परिवर्तनको व्यवस्थालाई नै आक्रमण गर्ने खेल भएकोले हामीले प्रधान्यायाधिशविरुद्ध महाअभियोगको प्रस्ताव ल्याएका हौं, यसबाट काँग्रेस ब्याक हुँदैन्, उनले अहिले जे–जे कुराहरु बाहिर आएका छन्, त्यसको बारेमा संसदमा छलफल भएपछि सबै कुरा थाहा हुन्छ।’

उनले सर्वोच्च अदालतमा सुशीला नहुँदा अदालत नै चल्दैन त ? भनेर प्रश्न समेत तेर्साए । कार्कीविरुद्ध निकै आक्रमक रुपमा प्रस्तुत भएका मन्त्री खड्काले भने,‘पदको दुरुपयोग गर्नहुँदैन्, कार्कीको गतिविधि बिग्रन थालेको थियो, त्यसैले महाअभियोग प्रस्ताव ल्याएका हौं, संसदमा यसबारेमा गहिरो छलफल हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah