नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्रीको सरकारी निवासमा रहेकाे एउटा घरमा आगलागी भएको छ। भारतमा हाल नरेन्द्र मोदी प्रधानमन्त्री छन्।

लोक कल्याण मार्गमा रहेको निवासमा आगलागी भएपछि ७ दमकल पुगेका थिए। र, दमकलले आगो नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। प्रधानमन्त्रीको निवासको एसपीजी रिसेप्शन क्षेत्रमा मोदी बस्छन्। उक्त क्षेत्रमा भने आगो नलागेको जनाइएको छ।

घटनाको सूचना पाएपछि दमकल विभागका ७ दमकल पुगेका थिए। एजेन्सी