काठमाडौं/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन् ।
प्रहरीले मलद्वारमा लुकाएर ल्याएको आधा किलो सुनसहित भारत महाराष्ट्र ठाणेका सुनिल हरिरामलाई पक्राउ गरेको जनाएको छ ।
मंगलबार बिहान साढे ८ बजे फ्लाइ दुबईबाट काठमाडौं ओर्लेका उनले मलद्वारभित्र लुकाएर ल्याएको आधा किलो सुन बरामद गरिएको छ । उनले दुई वटा प्लाष्टिकमा पोको पारेर २५० ग्राम र २५० ग्राम सुन मलद्वारमा लुकाएर ल्याएका थिए । एक्स–रे गरेपछि उनले मलद्वारमा लुकाएर ल्याएको सुन फेला परेको प्रहरीले जनाएको छ ।










