सप्तरी । छिन्नमस्ता गाउँपालिकामा जेष्ठ नागरिकबीच झडप भएको छ । वृद्धभत्ता समयमै पाउनुपर्ने माग गर्दै मंगलबार गाउँपालिका कार्यालय घेर्न आएका जेष्ठ नागरिकलाई प्रहरीले नियन्त्रण गर्न खोजेपछि दुई पक्षबीच झडप भएको हो ।
सरकारले वृद्धवृद्धा, जेष्ठ नागरिक, एकलमहिला, अपाङ्ग र र दलितलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । तर छिन्नमस्ताका जेष्ठ नागरिकले भने महिनौ देदि भत्ता पाएका छैनन् ।
भत्ता नपाएपछि एक हजार भन्दा बढी जेष्ठ नागरिकले गाउँपालिका कार्यालय घेराउ गरेका हुन् । जेष्ठ नागरिक र प्रहरीबीचको झडपकारण छिन्नमस्ता गाउँपालिका तनावग्रसत बनेको छ । गाउँपालिका कार्यालय घेराउ गर्दै जेष्ठ नागरिक, तस्बिर विद्यानन्द राम / जनता समाचार बाट साभार गरिएको










