काठमाडौं, २१ वैशाख । एमालेका उपाध्यक्ष भीम रावलले संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिको पद परित्याग गरेका छन् ।

रावलले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्ण सभापति रहेको समितिमा आफू सदस्य नरहेको जनाएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘मैले समितिमा रहेर सक्रियतापूर्वक काम गरेको थिएँ । २०७२ साल कात्तिक १९ गते उपप्रधानमन्त्री बनेपछि संसद नियमावली बमोजिम स्वतः त्यस समितिको सदस्यबाट हटिसकेको छु । सो समितिको सदस्य रहेको भन्ने जनतामा भ्रम सिर्जना हुन सक्ने भएकाले उक्त समितिको सदस्य नरहेको तथ्यस्पष्ट गर्न चाहुन्छु ।’

संविधानसभाको दोस्रो चुनावमा धाँधली भएको भन्दै ०७१ साल जेठ ३१ गते एमाले, कांग्रेस, माओवादी र मधेसी मोर्चाबाट एक–एक जना रहने गरी अध्ययन अनुसन्धान समिति गठन भएको थियो । समितिको सभापति मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्ण रहेका छन् ।

-दैनिक नेपाल