काठमाडौंः नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य स्थिर छ । बुधबार प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजबीको सुनको मूल्य पनि आज स्थिर छ । बिहीबार प्रतितोला ७३ हजार २ सयमा कारोबार भएको तेजावी सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
चाँदीको भाऊ पनि आज स्थिर छ । बुधबार प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।










