काठमाडौं, २१ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता भर्दा भएको संविधान संशोधन प्रस्तावलाई भोटिङमा ल्याउन सरकारलाई चुनौति दिएका छन् ।
आज सिंह दरबारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा उनले संविधान संशोधन भोटिङमा ल्याउन किन डराएको भनेर प्रश्न गरे । संशोधन प्रस्ताव भोटिङमा ल्याए एमालेले फेस गर्ने उनले चुनौति दिए । यद्यपी, वैठकमा काँग्रेका सभापति शेरबहादुर देउवा भने उपस्थिति भएका थिएनन् । पार्टी कार्यालयमा बसेको काँग्रेसको बैठक जुझेपछि देउवा बैठकमा उपस्थित हुने सकेनन् ।
बैठकमा माओबादी केन्द्रका नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली र सुभाष नेवाङ उपस्थिति रहेको थियो । बैठकपछि बोल्दै एमाले अध्यक्ष ओलीले आफूहरुले महाअभियोग फिर्ता लिन प्रस्ताव गरेको बताए ।
उनले सानातिना विषयमा नअल्झेर चुनावमा केन्द्रीत हुन पनि सरकारलाई अनुरोध गरेको बताए । साथै जेठ १५ गतेनै बजेट ल्याउनुपर्ने अडान आफूले दोहोर्याएको बताए ।
त्यस्तै, माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैठकमा महाअभियोग, बजेट, संविधान संशोधन लगायतका बारेमा शीर्ष नेताहरुबीच छलफल भएको जानकारी दिए ।



