काठमाण्डु,१७पुस–३ नम्बर प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन दिएको छ । चितवनमा कार्यरत मल्ललाई सरुवा भएको स्थान सुरक्षा निर्देशनालयमा जान निर्देशन दिएको हो ।
प्रहरी प्रधान कार्यालयले मल्लको ठाउँमा एसपी गंगा पन्तलाई पठाएको थियो । तर, मल्लले अझै पनि जिल्ला छोडेका छैनन् । मल्लले सरुवा भएर आएको ९ महिनामा नै फेरी सरुवा भएको भन्दै असन्तुष्टी जनाएका थिए । प्रदेश कार्यालयले मल्ललाई पत्र काटेर सरुवा भएको स्थानमा जान निर्देशन दिएको हो ।










