काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(मसाल)का महामन्त्री मोहनविक्रम सिंहले अबदेखि टेलिभिजनका दृष्यहरुमा देख्न सकिने भएको छ ।

शुक्रबार सो पार्टीले केन्द्रीय समिति र राष्ट्रिय परिषद्का बैठकका निर्णयहरु सार्वजनिक गर्दै महामन्त्री सिंहले अबदेखि टेलिभिजन वा विभिन्न दृष्य समाचारहरुमा जान सक्ने निर्णय सार्वजनिक गरेको हो । सो पार्टीले सार्वजनिक गरेको निर्णयको २१ नम्बर बुँदामा उक्त विषय उल्लेख गरिएको छ ।

महामन्त्री सिंह यसअघि टेलिभिजन वा दृष्य समाचारहरुमा देखिएका थिएनन् । सो पार्टीको बैठकले योसहित अन्य २२ वटा निर्णय समेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय