
दमक/लामो समयसम्म सरकारी सेवामा रहेर स्वईच्छिक रुपमा राजिनामा दिनु भएका यज्ञप्रसाद आचार्यलाइ इलाका प्रशासन कार्यालयले बिदाइ गरेको छ । उनि केहि समय अघिदेखि नै राजिनामा दिएर अवकाश जीवन बिताइरहेका थिए ।
इलाका प्रशासन कार्यालय दमकको प्रमुख, इलाका प्रशासन कार्यालय गौरीगन्जका प्रमुख, पाँचथरको साहयक प्रमुख जिल्ला अधिकारी लगायतको भूमिकामा केहि बर्ष यता उनले सेवा प्रदान गरेका थिए ।
इलाका प्रशासन कार्यालय दमकका प्रमुख कृष्णप्रसाद आचार्य सहितका कर्मचारीहरुले आचार्यलाइ बिदाइ गरेका थिए । आचार्यले आफु सरकारी सेवाबाट अलग भएपनि जनताको सेवाका लागि सधै जनतासंगै रहने बताए ।