नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १६ उम्मेदवारको नाम चयन गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिवार बसेको पार्टी पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

कांग्रेसले प्रदेश २ का लागि समाजवादी पार्टी नेपालसँग तालमेल गरेको छ भने अन्य प्रदेशमा एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

चुनावी तालमेल अनुसार प्रदेश २ मा कांग्रेसले २ सिट र समाजवादी पार्टीले २ सिटमा चुनाव लड्नेछन् ।

यी हुन् कांग्रेसका उम्मेदवार

प्रदेश १
निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
मिना पुलामी मगर (सुनसरी) महिला
राजेन्द्र घिमिरे (झापा) अन्य

प्रदेश २
नगिना यादव (महोत्तरी) महिला
भोला पन्जियार (धनुषा) अल्पसंख्यक/अपाङ्गता

प्रदेश ३
हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला

गण्डकी प्रदेश
सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
विमला गौचन (म्याग्दी) महिला

प्रदेश ५
बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
गिरिजा न्यौपाने (दाङ) महिला
मेराज हलवाई (बाँके) अल्पसंख्यक/अपाङ्गता

कर्णाली प्रदेश
डिल्लीराम पाठक (सुर्खेत) अन्य
सावित्री पौडेल (सुर्खेत) महिला

सुदूरपश्चिम प्रदेशमा
प्रताप ठगुन्ना (बैतडी) अन्य
तुलसी देवकोटा (कैलाली) महिला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय