नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जालझेलको मैदानमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द) मात्रै रहेको बताउनुभएको छ । स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं. ३ अन्तर्गको काठमाडौँ महानगरपालिका उम्मेदवार र कार्यकर्तालाई आज आयोजित अनौपचारिक भेलामा निर्देशन दिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘विपक्षीको काम नै वकवास गराउनु हो्, तिनलाई कडा जवाफ दिन एमाले तयार छ ।’
उहाँले देशभक्त र वाममपन्थीबाहेक अन्यसँग काँग्रेस र माओवादी मिलेको जनाउँदै स्थानीय र राष्ट्रिय मुद्धाका आधरमा एमालेले केही स्थानमा देशभक्त र वाममपन्थीसँग तालमेल गर्ने बताउनुभयो ।
उहाँले निर्वाचनका समयमा आफ्ना आन्तरिक कुनै गुनासा भए त्यसलाई थाँती राखरे एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यसहित सबै उम्मेदरवारलाई जिताउने अभियानमा होमिन पनि निर्देशन दिनुभयो । कार्यक्रममा एमालेका उपाध्यक्ष एवं प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीव ज्ञवालीलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।



