बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले आत्महत्या नियन्त्रण गर्नको लागि एउटा अनुसन्धान गरेको छ । म्यालिकुलर साइक्याट्रिक जर्नलले प्रकाशित गरेको उक्त अनुसन्धानमा आत्महत्याको सोच र व्यवहारको विषयमा ब्रेन इम्याजिनले अध्ययन गरेको थियो । जसले एक दशकसम्म यसै विषयमा केन्द्रित भएर गहन अध्ययन गरेको बताएको छ ।

उक्त अनुसन्धानले मस्तिष्कभित्र नै भएको प्रमुख प्रमुख नेटवर्कको बारेमा पत्ता लगाएको छ । जसले आत्महत्या गर्न उत्प्रेरित गर्ने गर्छ । मस्तिष्कभित्रको तिनै दुईवटा नेटवर्कको कारण नै मानिसहरुमा आत्महत्या गर्ने इच्छा जाग्ने र केहीले वास्तवमै आत्महत्या पनि गर्छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अनुसन्धानकर्ताहरुले यसै सन्दर्भलाई लिएर १३१ वटा अनुसन्धान गरेको थियो । जसमा १२ हजारभन्दा बढी मानिसहरु सहभागी भएका थिए । यसै अनुसन्धानबाट मस्तिष्कको संरचना र काममा आउने परिवर्तनले नै आत्महत्याको जोखिम बढाउने पत्ता लागेको हो ।