मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतवारदेखि मौसममा केहि सुधार भएको काठमाडौँमा मंगलबारदेखि फेरि बादल र वर्षा हुने सम्भावना देखिएको छ । महासाखाले सोमबारदेखि नेपालमा फेरि पश्चिमी वायुको प्रभाव पर्ने भएकाले देशैभरिको मौसम प्रणालीमा प्रभावित हुने बताएको छ ।

मौसम सम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले पश्चिमी न्युन चापीय प्रणालीका कारण सोमबार बेलुका र मंगलबार देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी उच्च हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महाशाखाका अनुसार यो प्रणाली शुक्रवारसम्मनै कायम रहनेछ र केहि स्थानमा वर्षा हुनसक्ने भएकोले सतर्क रहन महशाखाले अनुरोध गरेको छ। महाशाखाले शनिवारबाट मौसम सामान्य बन्दै जाने समेत जनाएको छ ।