मन्त्रिपरिषद्को बैठकले काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ ।

विहिबार साँझ बसेको मन्त्रिपरिषद् वैठकले वैशाख २५ देखि ३१ गतेसम्म विद्यालय बन्द गर्ने निर्वाचन आयोगको प्रस्ताव पनि स्वीकृत गरेको छ । वैठकले निर्वाचन र मतगणना हुने अधिकांश स्थान विद्यालय हुने भएकाले ३, ४ र ६ नम्बर प्रदेशका विद्यालयलाई वैशाख २५ देखि ३१ गतेसम्म विदा दिन प्रस्ताव गरेको थियो । आयोगको प्रस्तावलाई स्वीकार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

यसैगरी मन्त्रिपरिषद् वैठकले वैशाख ३१ गते निर्वाचन हुने प्रदेशहरुमा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

यस्तै सशस्त्र प्रहरीका डीआइजीहरु पुष्पराज केसी, नारायणबाबु थापा र रामशरण पौडेललाई एआइजीमा बढुवा गर्ने निर्णयसमेत वैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah