दक्षिणकाली मन्दिर राजधानी काठमाडौंबाट २२ किलोमिटरको दुरीमा दक्षिण भेगमा अवस्थित रहेको छ । उक्त मन्दिरलाई कालीदेवीको मन्दिर पनि भनिन्छ । मन्दिर राजा प्रताप मल्लद्धारा निर्माण गरिएको हो । चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा रहेको छ ।

मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति छन्। भनिन्छ, यहाँ राजाहरू पनि प्रत्येक वर्षको वैशाखमा आफ्नो देवाली मनाउन आउँथे । मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन् ।

दसैंको बेला विशेष मेला लाग्छ । दसैंको नवरात्रीमा कैयौं भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन् । यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ । किंम्वदन्ती अनुसार दक्षप्रजापतिको तेत्तिसकोटी कन्या मध्य दक्षिणकाली एक हुन् ।

उनी गोरखनाथ माथिको डाँडामा जङ्गलको मध्य भागको शिलामा बसेकी थिइन् । १८२५ मा प्रताप मल्ललाई राति सपनामा दक्षिणकालीले आफू दक्षिणकाली भएको र फर्पिङ देखि माथि नगरचो डाँडाको शिलामा बसेको बताईन् ।

राजाले त्यति ख्याल नदिएपछि दरवारकै पञ्चकन्या मध्ये एउटी कन्यालाई दक्षिणकाली प्रकट भई आफू बसेको स्थान र पुजाआजाको बारेमा बताएकी थिइन् । त्यसपछि राजा प्रताप मल्लद्वारा तान्त्रिक गुरु लम्बकर्ण भट्टको सहयोगमा प्राचिन दक्षिणकालीको शिला भएको स्थानमा आई विधि पूर्वक पूजाआजा गराए ।

राजाले भूषाकर्ण नामक दुई राक्षस उत्पन्न गराई सपना अनुसारको काम गर्न आदेश दिए । सपना अनुसार दक्षिणकाली र उनको गण सहित एक रातमा बोकी त्यहाँ देखि दक्षिण तर्फको दुई नदिको शिरोभागमा दक्षिणकाली माताको मन्दिर भएको स्थानमा उक्त शिला लगेर राखियो ।

त्यसै क्रममा कुमारीलाई हालको कुमारी मन्दिर भएको स्थानमा स्थापना गरियो । गणेशलाई भने लैजाने क्रममा विहानको भाले बासेपछि पौचो डाँडामा बिसाएर सोही ठाउँमा सिद्ध गराईएको थियो । त्यसपछि दक्षिणकालीको मन्दिर जङ्गलको बिचमा, डाँडाको टुप्पोमा गुफा भित्र राखिएकाले उक्त स्थलमा मानिसहरु नजाने र गएका मानिसहरु पनि पछिल्लो व्यक्ति नफर्कने भन्ने कुरा बाहिर आयो ।

त्यस पश्चात प्रताप मल्लले नै गुरु लम्वकर्ण भट्टलाई दक्षिणकालीलाई तान्त्रिक बिधिद्धारा निष्तेज गर्न लगाई हालको दक्षिणकाली माताको शिलामूनि घोप्टो पारी माथि पट्टी ठूलो शिलाले छोपी कालीको मुखाकृति बनाई अगाडि भैरव समेत राखी स्थापना गराईयो ।

त्यसपछि प्रताप मल्लले चामुण्डाको अर्थात दक्षिणकालीको सेतो संहमरमरको मूर्ति बनाउन लगाएका थिए । मूर्तिमा प्राण प्रतिष्ठापछि निकै नै शक्तिशालि हुने तान्त्रिकहरुले बताए थिए । राजा प्रताप मल्लले आफ्नै दरवारको चोकमा रहेको एउटा कोठामा थुनि बाहिरवाट दुईवटा ठूल्ठूला सिंहहरु स्थापना गराए ।

राजाले पुन कालो पत्थरको मूर्ति बनाउन लगाई पूर्णवति गंगा र उद्धारवति गंगाको दोभानमा स्थापना गराएका थिए । उनले अष्ट मात्रिका सहित पुजाआजा चडाउँदै आए । त्यस पछि बिस्तारै भक्तजनहरु पुजाआजा गर्न जाने क्रम बड्दै गएको भन्ने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah