पुस २७ गते सार्वजनिक बिदा हुने भएको छ । नुवाकोटको विदुर नगरपालिकाले पुस २७ गते पृथ्वीजयन्तिका दिन राष्ट्रिय एकीकरण दिवसको रूपमा मनाउन सार्वजनिक बिदा दिने भएको हो ।

पृथ्वीनारायण शाहाले नेपाल एकीकरणको शुरुआत र उनको देहवशानसमेत उक्त नुवाकोट दरबारमै भएकोले एक दिन सार्वजनिक बिदा दिने निणय नगर पाँचौं नगरसभा बैठकले गरेको सूचना प्रकाशित गर्दै जानकारी दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान सुरू गर्दै विजय हासिल गरी २५ वर्ष नुवाकोट साततले दरबारबाटै राज्य सत्ता सञ्चालन गरेको र मृत्यु पनि यसै नगरपालिकामा भएकाले स्थानीय पहिचान झल्काउन उक्त विदा दिइएको जनाएको छ । पोखरेलका अनुसार उक्त दिन नगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिइएको छ।