काठमाडौं । वर्षा र हिमपातको कारण देशभर चिसो बढ्दै गएको छ । चिसोेबट बच्न आगो तथा हिटर ताप्ने चलन छ । शहरमा आगो ताप्नको लागि न दाउरा नै प्रशस्त पाइन्छ न त ठाउँ नै । हिटरको पहुँच नहुनेहरुले कोइला बालेर चिसोबाट जोगिने प्रयास गर्छन् । सावधानी नअपनाउँदा कोइरलाको राप जीवनकै अभिशाप समेत बन्न पुग्छ ।

चिसोबाट जोगिन खोज्दा एक महिनाको अवधिमा ३ जनाको मृत्यु भइसकेको छ । कोइला बालेर कोठा न्याो पार्न झ्याल ढोका थुन्दा कीर्तिपुरमा दुई जनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ८ सुन्दर टोलमा बस्ने धादिङ नौबिसे –९ का नवराज रन्जितकारले पत्नी र छोरा गुमाउनु परेको छ । नवराजको पत्नी सुत्केरी थिइन् । सुत्केरी र शिशुलाई सेकाउन नवराजले मंसिर ३० गते कोठामा कोइला बाले । अनि दुबै जना मिलेर बच्चालाई सेकाए । कोठाको झ्याल ढाका थुनिएको थियो । त्यही कोठामा सुत्केरी र बच्चा सुतेका थिए । उनीहरुको सुतिरहेकै अवस्थामा निसास्सिएर मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै ललितपुर सातदोबाटोमा तातो पानीले नुहाउने क्रममा युवतीको जीवन गुमेको छ । सातदोबाटोस्थित ‘सुरिवा गल्स होस्टेल’मा बस्दै आएकी पर्सा जगनापुर वडा नम्बर ४ की १९ वर्षीया जेनथ चौहानको नुहाउँदा जीवन गुमेको हो । प्रहरीका अनुसार पुस १९ गते जेनथले नुहाउनको लागि ग्यास गिजर खोलिन् । वाथरुमको झ्याल ढोका थुनिएको थियो । त्यही अवस्थामा उनले वाथरुपमा नुहाइरहेकी थिइन् । वाथरुप बाफले भरियो । उनी त्यही लडिन् । नुहाउन वाथरुम गएकी जेनथ धेरै बेरसम्म ननिस्केपछि होस्टेलका गार्डले झ्याल फोरे । जेनथ बेहोस भएर लडेकी थिइन् । उनलाई अस्पताल पुर्याइयो तर उनी बाँचिनन् ।

यसकारण मरिन्छ कोइला बाल्दा काइला तथा आगो बाल्दा झ्याल ढोका बन्द गर्नुहुँदैन । बलेको कोइला तथा आगोमा कार्बन मनोअक्साइट निस्कन्छ । त्यो जीवनको लागि घातक हुन्छ । कार्बन मनोअक्साइटले रगतमा अक्सिजनको मात्रा कम गराउँछ । रगतमा अक्सिजनको मात्रा कम भएपछि मृत्यु पनि हुन सक्छ ।