नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली नेपाली नोट बनाउने कारखानामा छापा मारेको छ।
सीआईबीले काठमाडौँ र काभ्रेमा रहेका कारखानामा छापा हानेर ४ लाख १३ हजार नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको हो। साथै फोटोकपी पेपर र मसिन बरामद गरिएको छ ।
सीआईबीले सल्यानको शारदा नगरपालिका–७ का कमल भनिने कोविराम बुढाथोकी, काभ्रेको पाँचखालका बलबहादुर रानामगर, डोटीको पूर्वीचौकी गाउँपालिकाका आर्यन खड्का र धनकुटाको जोरपाटी गाउँपालिका छत्रबहादुर लिम्बुलाई पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता वेलबहादुर पाण्डेका अनुसार राना मगर जाली नोट बनाउने, खड्का जाली नोट बनाउने मुख्य डिजाइनर र लिम्बू जाली नोट बजारमा पुर्याउने सहयोगीको रुपमा परिचालित थिए। लोकान्तर बाट साभार










