मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै पनि मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको तराई भूभाग तथा केही पहाडी भूमागमा कुहिरो र हुस्सु लागेको र अन्य भागमा भने मौसम सफा रहेको छ ।

यसैगरी, दिनभरी पूर्वी र मध्य पहाडी भूभागहरुका आंशिक बदली हुने र अन्य स्थानहरुमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।

पूर्वानुमानका अनुसार राति भने देशका पूर्वी र मध्य पहाडी भूभागहरुमा आंशिक बदली भई बाँकी स्थानहरुमा मौसम सफा हुनेछ ।

सोमबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हिँउदे वर्षा गराउने न्यूनचापीय प्रणालीका कारण मंगलबारबाट परेको वर्षा आजबाट रुपमा रोकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय