काठमाण्डाै – केही दिनदेखि पश्चिमी वायुकाे प्रभावले माैसम बदली भएर कतै पानी र कतै हिउँ परे पनि आजदेखि माैसम सुधार हुने माैसमविद्ले बताएका छन् । माैसम पुर्वानुमान महाशाखाले शनिबारदेखि साेमबारसम्म देशभरकाे माैसम सफा रहने जनाएकाे छ ।

अहिले काठमाण्डाैसहित देशका धेरैजसो ठाउँमा लागेको कुहिरो बिस्तारै हट्दै जाने जानेछ । कुहिरो हटे पनि देशको मध्य र पूर्वका आकाशमा भने आंशिकरुपमा बादल लाग्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

तर बेलुकाकाे समयमा भने मध्य र पूर्वी पहाडी भेगका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । काठमाडौ उपत्यकाको शुक्रबार बिहान पौने ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

चिसोका बेला शरीरलाई न्यानो बनाइ राख्न तथा तातो झोलिलो खानेकुरा धेरै खान डाक्टरको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय