ताप्लेजुङ/ताप्लेजुङ मिक्वाखोला गाँउपालिका-२ बस्ने ३५ बर्षीया पबित्रा थापाको पिकअप दुर्घटनामा परी मृत्यु भएको छ।

हिजो साँझ ०६ बजे ताप्लेजुङ सदरमुकामबाट लिवाङ तर्फ जादै गरेको मे १ च ६६०६ नम्बरको पिकअप गाडी ट्रनिङ काट्ने क्रममा अचानक रोडबाट ५० मिटर तल झरी दुर्घटना हुदा पिकअपमा रहेकी पबित्रा थापाको घटनास्थलमै मृत्यु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पिकअप चालक दिपक थापा गम्भिर घाईते भएकोमा उनको बी.एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।