जनार्दन मैनालीको अध्यक्षतामा नेपाल कुङ्ग –फू संघ झापा गठन गरिएको छ । जिल्लामा कुङ्ग –फू खेलको विकास र विस्तार गर्न उद्देश्यले नवगठित संघको द्धय उपाध्यक्षमा सन्तोष दाहाल,राजन प्रसाई ,सचिवमा अनिल सुवेदी र कोषाध्यक्षमा कुलबहादुर वस्नेत चुनिएका छन् भने यसैगरि सदस्यहरुमा प्रतिक्षा गौतम र रोशनी ओली रहेको सचिव सुवेदीले जानकारी दिए ।

गठित संघलाई झापा जिल्ला खेलकुद विकास समितिले समेत अनुमोदन गरेको वताईएको छ । संघले जिल्ला भरि अन्य खेल सरह यस कुङ्ग –फू खेलकुदको विकासका लागि विभिन्न गतिविधिहरु सञ्चालन गरिने सचिव सुवेदीले वताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड