पृथ्वी जयन्तीको अवसरमा भोलि पुस २७ गते आइतवार गोरखा जिल्लाका गोरखा र पालुङटार नगरपालिका तथा भीमसेन थापा र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

चारवटै स्थानीय तहले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले नगरपालिका मातहत र गाउँपालिकाले गाउँपालिका मातहतका कार्यालय बन्द रहने जनाएका छन् ।

आधुनिक नेपालका राष्ट्रनिर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानलाई उच्च कदरस्वरुप स्थानीय सरकारको तर्फबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन सार्वजनिक बिदाको घोषणा गरिएकोे स्थानीय तहले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

नेपाल एकीकरण थालनी भएको गौरवपूर्ण इतिहासलाई भुल्न नहुने भन्दै शाहको सम्मानमा बिदा दिने निर्णय गरेको गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय