भक्तपुर/ भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-२ धुन्चेपाखास्थित ड्युटिमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भारत घर भएका बोडे बस्ने २६ वर्षीय महोमद दिल्दारमियालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
सोही स्थानमा महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनलाई बा.३७ प १२०६ नम्बरको मोटरसाइकल मादक पदार्थ सेवन गरी चलाएको फेला पारी कारबाही गर्ने क्रममा उक्त नगद प्रहरीलाई दिन खोजे पश्चात पक्राउ गरेको हो ।










