काठमाडौं/ आज (सोमबार) पश्चिमका पहाडी र हिमाली भू–भागमा हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

सोमबार बेलुकादेखि यी ठाउँमा पश्चिमी वायुको प्रभाव पर्ने हुनाले हिउँ र पानी पर्ने सम्भावना रहेको छ ।

पूर्व र मध्यका केही ठाउँमा बिहान लागेको कुहिरो १० बजेतिरबाट पातलिँदै गएर दिउँसो सामान्य बादल लाग्ने सम्भावना छ । तर तराईका भेगमा भने सोमबार दिनभर कुहिरो लाग्ने मौसमविद्ले बताएका छन् ।

कुहिरोसँगै चिसो हावा पनि चल्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ । पश्चिमी वायुको प्रभाव मङ्गलबार बेलुकासम्म देखिने हुनाले पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भने बुधबारदेखि फेरि मौसम खुल्दै जाने महाशाखाले जनाएको छ ।

यस्तो रहने छ अबका तीन दिन:
पुस २८ गते (सोमबार)
दिउँसो : देशका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू–भागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।
राति : देशका पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली भई अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

पुस २९ गते (मंगलबार)
दिउँसो : देशका पश्चिमी भू–भागमा सामान्य बदली भई अन्य पहाडी भू–भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू–भागका थोरै स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यमसम्म हिमपात हुने सम्भावना छ ।

राति : देशको पश्चिमी भू–भागमा सामान्य बदली भई अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

माघ १ गते (बुधबार)
दिउँसो : देशका पश्चिमी भू–भागमा आंशिकदेखि सामान्यसम्म बदली भई अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
राति : देशभरको मौसम सामान्यतया सफा रहनेछ ।
स्रोत : मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय