शिवसताक्षीको दूधेमा सडक दूर्घटनामा परी आज एक युवकको ज्यान गएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको ट्रकलाई ओभरटेक गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४८४२ नं. बसले को २९ प ३५९ नंम्बरको अनटेस्ट मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घाइते भएका मोटरसाइकल चालक कनकाई नगरपालिका ३ निवासी अन्दाजी २८ वर्षीय लक्ष्मण दाहालको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोेडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।










