#

भोलि सार्वजनिक बिदा

    Tuesday, January 14, 2020

दमक/ भोली परेको मकर संक्रान्ति पर्वको अवसरमा अहिले सम्म झापाका ३ वटा स्थानीय तहहरुले सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।
दमक र शिवसताक्षी नगरपालिका तथा गौरीगञ्ज गाउँपालिकाले भोली माघ १ गते अर्थात मकर संक्रान्ति पर्वको अवसरमा स्थानीय सार्वजनिक विदा दिने भएका हुन् ।

गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रविण दाहालले हस्ताक्षर गरेर आज सार्वजनिक गर्नुभएको सूचना अनुसार सो गाउँपालिका अन्तर्गतका कार्यालयहरु, सामुदायिक र निजी तथा संस्थागत विद्यालयहरु, स्वास्थ्य संस्था र अन्य संघ संस्थाहरुमा एक दिनका लागि सार्वजनिक विदा दिइएको छ ।

त्यसैगरी दमक नगरपालिकाका प्रशासकिय अधिकृत यज्ञराज निरौलाले हस्ताक्षर गरेर जारी गरेको सार्वजनिक सूचनामा पनि दमक नगरपालिका मातहतका कार्यालयहरु र शैक्षिक संस्थाहरुमा विदा दिइने उल्लेख छ । त्यसैगरी शिवसताक्षी नगरपालिकाले पनि सूचना प्रकाशित गरेर भोली १ गते मकर संक्रान्ती पर्वको अवसरमा सार्वजनिक विदा दिइएको उल्लेख गरेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading...

सवाल नेपाल टिभी