जनकपुर। जनकपुरस्थित मोडेल मल्टिपल कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जना युवाको मृत्यु भएको छ।

मंगलबार धनुषाको लक्ष्मीनियामा ढल्केबरबाट जनकपुरतर्फ गइरहेको ज१क २८२ नम्बरको सो बसले विपरीत तर्फबाट आइरहेको ज१०प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका वडा वडा ७ पर्सा पकडिया बस्ने २५ वर्षीय सन्तोश ठाकुर र क्षीरेश्वरनाथ नगरपालिकाका २५ वर्षीय अनवर राई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आक्रोशित स्थानीयहरुले मोडेल कलेजको बसमा आगजानी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय